संवैधानिक नियुक्तिको सुनुवाई चुनौतीपूर्ण छ : पूर्व अर्थमन्त्री शर्मा (भिडिओसहित)

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले संवैधानीक परिषद्का सदस्यहरुले गरेको सिफारीसलाई सुनुवाई गर्ने काम चुनौतीपूर्ण रहेको बताएका छन् ।

सोमबार संसदीय सुनुवाई विषेश समितिको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हाम्रो जिम्मेवारी चुनौतीपूर्ण छ । संवैधानीक परिषद्को जुन बनावट छ । परिषद्मा जुन सदस्यहरु हुनुहुन्छ । उहाँहरुले गरेको सिफारीसलाई हामीले सुनुवाई गर्नुपर्ने भएकाले आफैंमा अझ बढी चुनौतीपूर्ण छ ।’

समितिले सुनुवाईलाई पारदर्शी बनाउने र सूचनाहरु संकलन गरेर आएको कार्यविधि राम्रो भएकाले पारित गर्न सुझाब दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७