• २०८३ जेठ २२
  • 2026 June 05, Friday

बसन्त निरौलाको निर्देशनमा फिल्म ‘ज्वाइँ साब’ बन्ने

काठमाडौं । बसन्त निरौलाको निर्देशनमा फिल्म ‘ज्वाइँ साब’ बन्ने भएको छ ।

हलेसी मन्दिरमा पूजा गर्दै निर्देशक निरौलाले फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्मको छायांकन केही महिनामै सुरू हुने बताइएको छ ।

फिल्मको छायांकन नेपाल, क्यानडा र अष्ट्रेलियामा गरिनेछ । सविन अधिकारीले कथा लेखेको फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ ।

फिल्मका लागि कलाकार छनोट जारी रहेको बताउँदै निर्देशक निरौलाले भने, ‘सबै कलाकार फाइनल भएपछि हामी पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौं। यो फिल्मलाई कमेडी र पारिवारिक कथामा निर्माण गरिनेछ ।’

उनले यसअघि ‘विजयपथ, आवेग, मेला, राजनीति’ लगायत निर्देशन गरेका थिए ।