
काठमाडौं । कोशी प्रदेश नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई छाड्ने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय, मोरङमा दिउँसो भएको वार्तामा आगजनी र तोडफोड र बन्दको कार्यक्रम नगर्ने सहमति भएको भएपछि उनीहरू रिहा हुने भएका हुन् । नामकरणपछि जारी पहिचान पक्षधरको आन्दोलनको विषयलाई लिएर मोरङका सुरक्षा निकाय प्रमुखहरू, आन्दोलनरत पक्षका प्रतिनिधिलगायतको उपस्थितिमा सहमति गरिएको हो ।
पक्राउ परेका २६ जनालाई विनाशर्त रिहाइको माग गर्दै पहिचानवादीले आम हड्तालका कार्यक्रम सार्वजनिक गरेका थिए ।
किराँत राई यायोख्खाका उपमहासचिव अर्जुन जम्नेली राईले पक्राउ परेका २६ जनालाई प्रशासनले मुद्दा चलाउने तयारी गरेकोमा छलफलपछि विनाशर्त रिहाइ गर्न लागेको बताए ।