सार्वजनिक लेखा समितिको बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशनको उजुरीमाथि छलफल हुने

काठमाडौं । संघीय संसद,प्रतिनिधि सभा अन्र्तगतको सार्वजनिक लेखा समितिको बैठक बुधबार दिउँसो बस्न लागेको छ । बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशनको सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल हुने बताइएको छ ।

बैठक बुधबार दिउँसो १ बजेको लागि सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाइएकाे छ ।

बैठक हालसम्म समितिमा परेका उजुरीको सम्बन्धमा छलफल गर्न तथा परेका उजुरीको सम्बोधन के कसरी गर्ने भन्ने विषयलाई लिएर केन्द्रित रहने समितिको उप-सचिव सावित्रा शर्माले जानकारी दिइन् ।

उनले भनिन्,‘अहिलेसम्म एउटा मात्रै उजुरी परेको छ । आजको बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशनको सम्बन्धमा परेको उजुरीमाथि छलफल हुनेछ ।’

त्यस्तै, परेको उजुरी बाहेक अन्य विविध विषयमा पनि छलफल गरिने जानकारी उनले दिइन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७