‘पुष्पा २’ को टिम चढेको बस दुर्घटना, दुई जना कलाकार घाइते

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ को छायांकन भइरहेको छ ।

फिल्मको छायांकन भइरहँदा ‘पुष्पा २’ टिम चढेको बस दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार हैदवाद-विजयवाडा राजमार्गमा बस दुर्घटना भएको हो ।

उक्त राजमार्गमा निर्माण टिम चढेको बस र आरटिसी बस ठोकिएको थियो । दुर्घटनामा दुई जना कलाकार घाइते भएका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । तर निर्माण टिमले घाइते हुने कलाकारको नाम सार्वजनिक गरेका छैनन् ।

केही समयअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो ।

टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको कौतुहलता बढेको छ । सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७