कांग्रेस कार्यकर्तामा पार्टी नेतृत्वप्रति चरम निराशा छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वप्रति आम कार्यकर्तामा निराशा छाएको बताएका छन् ।

बुधबार छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू पनि पार्टी नेतृत्वमा नै पर्ने भएकोले गम्भीर बनेको बताए । उनले आफूले नेतृत्व छाड्दा पार्टीलाई राम्रो हुन्छ भने त्यो पनि गर्न तयार भएको बताए ।

उनले भने ‘ अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा पार्टीको नेतृत्वसँगै निराश भएको छु भन्ने कुरा आउँछ । म पनि पार्टीको नेतृत्वभित्र पर्छु । नेतृत्वले ठीक ढंगले काम गर्न सकिराख्नुभएको छैन भनेर आम साथीहरूले भन्नुहुन्छ । काम गर्न नसकिरहेको अवस्था पनि छ । त्यो बेलामा सर्लक्क हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ । पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न पनि आउँछ । त्यसमा उहाँ तयार हुनुहुन्छ ? पार्टी अप्ठ्यारोमा परेको बेलामा तल गएर सोध्ने हो सोध्दै गर्दा जे साथीहरूले भन्छन् तालमेल गर्नुभयो ठीक भएन भन्नुभयो भने नगर्ने। अर्कोतिर नेतृत्व काम लागेन भन्नुभयो भने नेतृत्वले छाडीहाल्ने। जहाँ समस्या भएको छ त्यहीबाट समाधान नखोजे पार्टी बन्दैन।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१