• २०८३ असार २८
  • 2026 July 12, Sunday

५० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने सहमती भएको छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको दिल्ली स्थित हैदरावाद हाउसमा भएको कार्यक्रममा सम्बोधन गर्दै बंगलादेशमा ५० मेगावाट बिजुली बिक्री गर्ने गरी सहमती भएको बताएका छन्।

भारतको बाटो हुँदै पहिलो चरणमा ५० मेगावाटसम्म बिजुली बिक्री गर्न सक्ने सहमती भएको उनले बताएका हुन्।

यसका लागि निकट भविष्यमै बंगलादेश, भारत र नेपालबीच सम्झौता हुने पनि उनले बताए। यसअघि पहिलो चरणमा बंगलादेश ४० मेगावाट बिजुली बिक्री गर्ने उल्लेख गरिएको थियो।