ओटिटीमा हिट भएपछि हलमा आउँदै ‘सिर्फ एक बन्दा काफी है’

काठमाडौं । बलिउड अभिनेता मनोज बाजपेयीको फिल्म ‘सिर्फ एक बन्दा काफी है’ ले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ ।

फिल्मको चर्चा भएसँगै ओटिटीमा प्रदर्शन भएको फिल्म हलमा प्रदर्शन गर्ने तयारी गरिएको छ । यो फिल्म ओटिटी प्लेटफर्म जिफाइभमा प्रदर्शन भएको थियो ।

भारतीय सञ्चारमाध्य नवभारत टाइम्सका अनुसार यो भारतमा ओटिटीपछि हलमा प्रदर्शन हुने पहिलो फिल्म हुनेछ ।

‘हलमा प्रदर्शन गर्न जिफाइभ र वितरकबीच कुराकानी भइरहेको छ । यसको निर्णय उहाँहरूको हातमा छ,’ फिल्मका निर्देशक अपूर्व सिंह कार्कीले भनेका छन् ।

अपूर्व सिंह कार्कीले निर्देशन गरेको फिल्म आफूलाई साधु दाबी गर्ने आशाराम बापुको जीवनी प्रेरित छ । फिल्ममा मनोज बाजपेयीले वकिलको भूमिका निर्वाह गरेका छन् । फिल्मको कथा दीपक किन्गरानीले तयार पारेका हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७