पशुपतिमा झुण्डिएको अवस्थामा भेटिए सुरक्षाकर्मी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयको भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् ।

सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा कोषका कर्मचारीले सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए ।

कर्मचारीले घटनाबारे प्रहरी वृत्त गौशालालाई खबर गरेको जानकारी दिए ।

राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ ।

कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७