संसदमा एमाले अध्यक्ष ओलीको प्रश्न: धान फलाउने कुरा छैन, गाँजा खेति कस्लाई चाहिएको हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलि शर्माले, सरकारले कृषि क्षेत्रको सुधारको कुरा भन्दा अनावश्यक विषयमा ध्यान दिएको भन्दै आक्रोश पोकेका छन् ।

वास्तविक रुपमा कृषि क्षेत्रको सुधारका लागि आवश्यक बजेट तय गर्नु भन्दा स्वास्र्थ समहुको आकाक्षाको आधारमा गाँजाखेतिको कुरा उठाइएको उनको तर्क छ ।

उनले भने ‘धान फलाउने आलु फलाउने कृषि बढाउने गहुँ फलाउने कुरा छैन । खाद्यान्नमा आत्मनिर्भर बनाउने कुरा छैन । कस्ले गर्न खोजि राख्या छ यो गाँजा खेति । कल्ले गर्न खोजि राख्या छ । यो कस्का लागि गाँजा खेति ।’

उनले गाँजा खेति गर्न कसै न कसैले तयारी गरिरहेको र सरकारले त्यसकै लागि सहजिकरण गरेको उनको आरोप छ ।

त्यस्तै, जनताका सरोकारका कुरा भन्दा फेन्सी कुरामा सरकारले ध्यान दिएको उनको भनाई छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७