
काठमाडौं । नायिका वर्षा सिवाकोटी अभिनित फिल्म ‘ए साथी सुन’ जेठको ५ गतेबाट हलमा लाग्यो । यो फिल्म हलमा लागेको समेत दर्शकले पत्तो पाएनन् । विना प्रचारप्रसार हलमा लागेको फिल्मको बिषयमा वर्षा पनि खासै बोलिनन् ।
यो फिल्मले बक्स अफिसमा यति दयनीय कमाई गरेको छ कि, निर्माताको हातमा लगानीको १ प्रतिशत रकम पनि फिर्ता हुने अवस्था छैन ।
यो फिल्मले बक्स अफिसमा ४६ हजारको ग्रस कलेक्शन गरेको विकास बोर्डको आँकडाले देखाएको छ ।
वर्षा सिवाकोटीको फिल्मको यो अवस्थाले पनि फिल्म नचलेको अवस्थामा निर्माताको लगानी कसरी वालुवामा पानी हुन्छ भन्ने प्रष्ट हुन्छ ।