• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सिन्धुलीमा सर्पले डसेर एक महिलाको मृत्यु

काठमाडौं । सर्पले डसेर सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालकिा १२ कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्की रहेकी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरीले जानकारी दिए ।

कार्कीलाई आज शुक्रबार बिहान घरकै पेटीमा सर्पले डसेको थियो ।

दुधौली नगरपालिका ७ को सर्पदंस अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि सिरहाको कर्जना फूलकुमारी महतो मेमोरियल अस्पतालमा लागिएकोमा उनको उपचारकै क्रममा निधन भएको प्रहरीले बताए