
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटका बारेमा दर्जनौ प्रश्न उठेको र बजेटमा भएको शक्तिकै कारण यो प्रश्न उठेको धारणा राखेका छन् ।
प्रतिनिधिसभामा आर्थिक बर्ष २०८०/८१ को अनुमानित आय व्ययमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं अर्थमन्त्री महतले विपक्षी दलका नेताले २ घण्टा उभिएर बजेटको बारेमा बोल्नुले बजेटमा केही दम छ भन्ने प्रष्ट भएको जिकिर गरे ।
उनले भने ‘मैले तीन घण्टाको बजेट प्रस्तुत गरे तर विपक्षी दलका नेता केपी शर्मा ओलीले २ घण्टाको टिप्पणी गर्नु भएको छ । यसबाट मैले यो बजेटमा केही महत्वपूर्ण कुरा छन् । यसले नयाँ कुरा अगाडि बढाउने छ, होइन भने विपक्षी दलको नेता दुई घण्टा उभिएर समय दिनु हुन्न थ्यो ।’
अर्थमन्त्री महतले बजेटमा भएका केही कमजोरीलाई आफुले स्वीकारेको पनि प्रष्ट पारेका छन् ।
उनले भने ‘आर्थिक वृद्धिको लक्ष्य महत्वकांक्षी भयो भनेर आएको छ । यसको आकार ठूलो भयो भनेर आएको छ । राजस्वको लक्ष्य महत्वाकांक्षी भनेर आएको छ । साधरण खर्च घटाउन सक्नु भएन भनेर आएको छ । गाँजा खेती नै किन भनेर प्रश्न उठेको छ । कृषि शिक्षा स्वाथ्यमा बजेट कम भयो भनिएको छ । उपभोग्य बस्तुको बारेका करमा प्रश्न आएको छ । एकै पटक समस्याको चाङलाई हटाउन सकिँदैन त्यो मेले स्वीकार गरेको छु त्यसैले बजेट कार्यन्वयन र सुधारको प्रस्ताव गरेको छु । यो बजेट अहिले पनि थोरै थारै बाँड्ने प्रवितृलाई रोक्न सकेका छैनौं । समस्या,महत्वकांक्षा र मागहरु धेरै छ, स्रोत साधन छैन् । जति पनि विनियोजन छ ती विनियोजनहरु जहाँ आवश्यकता छ, त्यही अनुसार राखेका छौं ।’