काठमाडौं। काठमाडौंको माइतीघर मण्डलामा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।
सरकारले नागरिकता नदिएको भन्दै ती व्यक्तिले आत्मदाहको प्रयास गरेका हुन् ।
लामो समयदेखि नागरिकता माग्दै आन्दोलनमा बसेका निरज नाम गरेका ती व्यक्तिले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।