• २०८३ असार १३
  • 2026 June 27, Saturday

राष्ट्रपति पौडेल डिस्चार्ज

काठमाडौं। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन्।

अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले आज एक प्रेस नोट जारी गर्दै राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको बताएका हुन्।

मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका राष्ट्रपति पौडेललाई २४ घण्टा अब्जरभेसनमा राखिएको थियो।