आज विश्व रक्तदाता दिवस: सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि रगत सम्बन्धि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

प्रत्येक वर्षको जुन १४ तारिखका दिन विश्वभरीका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । दिवसको सन्दर्भमा सरोकारवाला निकायले विभिन्न संघ सस्था संग मिलेर सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारेमा आम जनमानसमा सचेतना जगाउने तथा रक्तदान गर्न प्रेरित गर्ने कार्य गर्दै र गराउँदै आएको पाइन्छ ।यो वर्ष विरामीलाई जुनसुकै समयमा आवश्यकता पर्न सक्ने रगत र प्लाज्मा दान गरेर मानव जिवन बचाउन प्रेरित गर्ने खालको नारा तय गरी विश्व रक्तदाता दिवस मनाइँदै छ ।

‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथमा आज विश्वभर रक्तदाता दिवस मनाइँदै छ ।
पहिलो पटक मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा। कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर विश्वभर रक्तदाता दिवस मनाइन्छ ।

नेपालमा पनि विभिन्न सङ्घसंस्था र अस्पतालहरुले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, रगत दातालाई प्रोत्साहन गर्ने खालको रक्तदानको कार्यक्रम आयोजना गरेका छन् ।त्यस्तै, ब्लड डोनर्श एसोसिएसन नेपाललेत साताव्यापी रुपमा सचेतना फैलाउने खालका विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१