सलोन बस्नेतको फिल्म ‘जय हो’ को पोस्टर सार्वजनिक

काठमाडौं । टेक पौरखी राई निर्देशित फिल्म ‘जय हो’को पोस्टर सार्वजनिक गरिएको छ ।

बिहीबार निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङलाई प्रस्तुत गरिएको छ ।

पोस्टरमा अभिनेता माओत्से गुरुङ र निशा अधिकारीलाई मुस्ताङको गुरुङ पहिरनमा देख्न सकिन्छ भने सलोन लामो कपाल र जुंगा फरक देखिएका छन् । पोस्टर डिजाइन विजय बस्यालले गरेका हुन् ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । सौरभ लामाले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन् ।

राज के अधिकारी र सुरज सरकारको लगानी रहेको फिल्ममा शम्भुजित बास्कोटा र सागर आलेको संगीत, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रेनिस फागोको कलर, समीर मियाँको भिएफएक्स, सुवाष काफ्ले प्रोडक्सन हेड, केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर र समिर खान प्रोडक्सन डिजाइनर रहेका छन् ।

यो फिल्म भदौ ८ गतेदेखि प्रदर्शन हुँदैछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१