• २०८३ जेठ २२
  • 2026 June 05, Friday

स्पेनको बार्सिलोनाबाट डेकेन्द्रले ल्याए ’अघि बढ्ने छु’ ( भिडियो )

काठमाडौं । गायक शक्ति भण्डारीको स्वर र संगीतमा रहेको ’अघि बढ्ने छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रक भर्सनको यस गीतलाई डेकेन्द्र श्रेष्ठले लेखेका हुन् । स्पेनको बार्सिलोनास्थित द एन्जल साउन्ड स्टुडियोमा गीतको साउण्ड पोस्ट प्रोडक्सनको काम भएको हो । ‘रोसालिया’ जस्ता विश्वका चर्चित कलाकारको गीतमा साउण्ड मिक्सिङको काम गरिसकेका एक स्पेनिसले पनि यस गीतमा साउण्ड मिक्सिङको काम गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।

गीतकार श्रेष्ठले भने ’आधुनिक प्रविधि र सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ । यसले मलाई थप हौसला प्रदान गरेको छ ।’ यो गीतको कन्टेन्ट र भावना राम्रो छ । दर्शक स्रोताले गीतलाई मन पराउने कुरामा उनी आशावादी छन् ।

युरोपको अति रमणीय ठाउँ बार्सिलोना सिटीमा भिडियोको सम्पूर्ण छायाँकन गरिएको हो । म्युजिक भिडियोमा सुजाता कँडेल र अनन्त लामिछानेको अभिनय रहेको छ । सजिन श्रेष्ठ सहायक निर्देशक रहेको यो गीतको भिडियोलाई सुरज मैनालीको निर्देशनमा तयार पारिएको हो । भिडियो गीतकार श्रेष्ठको युट्युव च्यानल ’डेकेन्द्र प्रोडक्सन’ मार्फत सार्वजनिक गरिएको हो ।