उपप्राध्यापक चलाउनेलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफूमाथि कुटपिट गर्नेहरुविरुद्धको मुद्दा सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोधस्वरूप उनी सोमबार जिल्ला अदालत काठमाडौ पुगेका थिए ।

उनीसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो ।

२०७७ साल असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका उपप्राध्यापक चलाउनेको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१