• २०८३ जेठ २५
  • 2026 June 08, Monday

आजको मौसम : गण्डकी प्रदेशमा भारी बर्षा

काठमाडौ । आज गण्डकी प्रदेशमा भारी बर्षा हुने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशमा भारी बर्षाका कारण स्थानिय स–साना नदिको बहाव एक्कासी बढ्न सक्ने हुँदा नदि-खोला किनारमा सर्तकता अपनाउन पनि सचेत गराएको छ ।

देशको पूर्वि भागमा सक्रिय रहेको मौसम विस्तारै पश्चिम तर्फ सर्दै गरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आज कोशी प्रदेशका पहाडि भू–भागमा सामान्य वदलि रहने छ । कोशी प्रदेशको संखुवासभामा भारी बर्षा भैरहेको छ । बाँकी भूभागमा समान्यता मौसम सफा रहने छ । यसै गरी बागमती, लुम्बिनी, कर्णाली, सुदुपश्चिम प्रदेशमा स्थानिय तथा पश्चिमी वायुको प्रभावले केहि स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम बर्षा हुने महाशाखाले बताएको छ ।