• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सुदूरपश्चिम प्रदेशमा आज शोक विदा

काठमाडौ । सवारी दुर्घटनामा मृत्यु भएका आफ्ना आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर शोक विदा दिईएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिने निर्णय गरेको बताउँदै आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले, आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले आज शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको जानकारी दिए ।

गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । दुर्घटनामा मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहका पनि मृत्यु भएको थियो ।