• २०८३ साउन २
  • 2026 July 18, Saturday

रवि लामिछाने‍काे प्रशंसासहित गृहमन्त्रीले गरे विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता

काठमाडाैं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता गरेको छ।

आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता गरेको जानकारी दिएका हुन्।

मन्त्री श्रेष्ठले विशिष्ट व्यक्तिहरुको व्यवस्थापन कार्यविधि २०७७ विपरित बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका नेपाल प्रहरीका १९० जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जना गरी ३१६ सुरक्षाकर्मी फिर्ता गरिएको जानकारी दिए।

उनले यस कार्यमा पूर्वगृहमन्त्रीले पनि सकारात्मक भूमिका खेलेको भन्दै प्रशंसा गरे।

श्रेष्ठअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री थिए। त्यतिबेला लामिछानेले नै विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेका थिए।