क्यानडाबाट रञ्जनले ल्याए ‘नदेख्दा तिमीलाई’ ( भिडियो )

काठमाडौं । गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वरमा सजिएको ‘नदेख्दा तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक भर्सनको यस गीतमा शब्द डि.पी खनालको रहेको छ भने संगीत नबिन कार्कीको रहेको छ । गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा नायिका केकी अधिकारी र रञ्जन कोइराला बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

रशिका कोइरालाको प्रस्तुति रहेको यस भिडियोलाई राजिव समरको निर्देशनमा तयार पारिएको हो । नरेश कोइराला निर्माता रहेको यस गीतको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१