यस्तो छ करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को ट्रेलर (भिडिओ)

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

मंगलबार धर्मा प्रोडक्सन युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा रणवीरलाई सामान्य परिवार छोरा र आलियालाई राज परिवारकी छोरीको रूपमा प्रस्तुत गरिएको छ। फिल्ममा रकी र रानीको प्रेम जीवनमा आउने उतार-चढाबलाई देखाइनेछ ।

करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ । यस फिल्ममार्फत करणले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् ।

हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको लगानी रहेको फिल्मको कथा इशिता मौत्रा, शशांक खेतान र सुमित रायले मिलेर लेखेका हुन् ।

यो फिल्म जुलाई २८ अर्थात साउन १२ गतेदेखि प्रदर्शन हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१