रेखा थापाको नयाँ फिल्म ‘उपहार’

काठमाडौं । अभिनेत्री रेखा थापाको नयाँ फिल्मको नाम सार्वजनिक गरिएको छ ।

मंगलबार निर्देशक ज्ञानेन्द्र देउजाले फेसबुकमार्फत फिल्मको नाम सार्वजनिक गरेका हुन् । फिल्मको नाम ‘उपहार’ राखिएको छ ।

रेखा फिल्म्सले निर्माण गर्न लागेको फिल्म सामाजिक कथामा बन्नेछ । फिल्मको कथा सुलक्षण भारतीले लेखेका हुन् ।

ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा रेखासँगै पूजा शर्माको मुख्य भूमिका रहनेछ । साउनको दोस्रो साताबाट छायांकन सुरू हुने फिल्म यसैवर्ष प्रदर्शन हुनेछ ।

यसै फिल्मको लागि सोमबार गीत रेकर्डिङ गरिएको छ ।

बाबुल गिरीको संगीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतमा एलिना चौहानले स्वर दिएकी छन् । गायनमा एलिनालाई बाबुलले साथ दिएका छन् । एलिनाले फिल्मको लागि पहिलो पटक गीत गाएकी हुन् ।

फिल्ममा चार वटा गीतहरू रहनेछ । अन्य तीन वटा गीतमा अर्जुन पोखरेलले संगीत भर्नेछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१