काठमाडौं । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का गरिएको छ ।
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौंको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको छ ।
हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् । जिल्ला सदरमुकामबाट लामाजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।