कार्तिक र कियाराको फिल्म ‘सत्यप्रेमकी कथा’ ले कमायो १०० करोड

काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यन र कियारा आडवानी अभिनीत फिल्म ‘सत्यप्रेमकी कथा’ ले बक्स अफिसमा औसत व्यापार गरिरहेको छ ।

भदौ १५ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले १२ दिनमा विश्वभरबाट १०१ करोड ६० लाख भारू कमाएको छ । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले भारतबाट मात्रै ६८ करोड ६ लाख भारू कमाएको हो ।

यो फिल्मको लागत ६० करोड भारू बताइएको छ । फिल्मले औसत व्यापार गरेपनि आफ्नो लगानी सुरक्षित गरेको छ ।

फिल्ममा कार्तिक एक गुजराती युवाको भूमिकामा देखिएका छन् । जो आफ्नो विवाहको लागि केटी खोजिरहेका हुन्छन् । उनको जीवनमा कियारा आउँछिन् । त्यसपछि उनीहरूको जीवनमा आउने उतारचढाबलाई फिल्ममा देखाइएको छ ।

समीर विदवान्सले निर्देशन गरेको फिल्ममा कार्तिक र कियारासँगै सुप्रिया पाठक, गजराज राव, सिद्धार्थ रेन्देरिया, अनुराधा पटेल, राजपाल यादव, निर्मित सावन्त, शिखा तल्सानियालगायत कलकारको अभिनय छ ।

साजिद नाडियाडवाला, शरीन मन्त्री केडिया र किशोर अरोराको लगानी रहेको फिल्मको कथा करण श्रीकान्त शर्माले लेखेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१