• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अक्षय कुमारको फिल्म ‘ओ माइ गड २’ को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘ओ माइ गड २’ को टिजर सार्वजनिक भएको छ ।

मंगलबार भायकम १८ स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा परेश रावललाई नास्तिक, पंकज त्रिपाठीलाई आस्तिक र अक्षय कुमारलाई भगवान शिवको रूपमा प्रस्तुत गरिएको छ ।

सोमबार सामाजिक सञ्जालमार्फत टिजरको एक झलक सार्वजनिक गरिएको थियो । टिजरको झलक सार्वजनिक भएसँगै निर्माण टिमलाई धार्मिक भावनामाथि ठेस नपुर्‍याउन चेतावनी आएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रभासको फिल्म ‘आदिपुरुष’ ले धार्मिक भावनामा ठेस पुयाएको बताउँदै उक्त गलती नदोहोर्‍याउन चेतावनी दिएका थिए ।

अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय, परेश र पंकजसँगै यामी गौतमको मुख्य भूमिका छ ।

यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ । यहि मितिमा सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर २’ पनि प्रदर्शन हुनेछ ।

सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘ओ माइ गड’ बक्स अफिसमा हिट भएको थियो । फिल्ममा परेश रावलले भगवानलाई अदालतमा मुद्दा हालेका थिए ।