• २०८३ जेठ २२
  • 2026 June 05, Friday

‘जवान’को प्रिम्यू रिलिज, साहरुखको ४ फरक अवतार

काठमाडौं । सेप्टेम्बर ७ तारिखबाट विश्व बजारमा रिलिज हुन लागेको बलिउड नायक साहरूख खान अभिनीत फिल्म ‘जवान’को प्रिभ्यू रिलिज भएको छ । आज सार्वजनिक गरिएको फिल्मको प्रिभ्यूमा साहरूखलाई ४ फरक अवतारमा देखाइएको छ ।

साउथका सुपरस्टार निर्देशक एट्लीको निर्देशनमा तयार भएको यो फिल्मको प्रिभ्यूमा कथा खुलाइएको छैन । तर, फिल्मको मेकिङ उच्च देखिएको छ ।

फिल्ममा साहरूखलाई नायक र खलनायक दुवै अवतारमा देखाइएको छ । फिल्ममा साउथ सुपरस्टार लेडी नयनतारा, विजय सेतुपतिको साथमा बलिउड नायिका दीपिका पादुकोणको विशेष भूमिका छ । फिल्मले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने संकेत समेत दिएको छ । निर्माणपक्षले फिल्मको ट्रेलर केही समयपछि सार्वजनिक गर्नेछ ।

यो बर्ष साहरूख अभिनीत फिल्म ‘पठान’ले बम्पर व्यापार गरेको थियो । फिल्म ‘जवान’लाई लिएर पनि दर्शकमा निकै ठूलो पर्खाई छ ।