• २०८३ जेठ २२
  • 2026 June 05, Friday

दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘जारी’ शनिबार प्रदर्शनको १०० दिन

  • २०८० साउन ७, आइतबार ०७:५६

काठमाडौं । वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले क्युएफएक्सको सेन्ट्रल सिनेमा, बिग मुभिज, एफक्युब हलमा १०० दिन मनाएको हो ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले असार मसान्तसम्म १७ करोड १७ लाख ९५ हजार ग्रस कमाइ गरेको छ ।

सय दिन पुगेको उपलक्ष्यमा निर्माण टिमले विभिन्न हल पुगेर दर्शकसँग खुशी साटेका थिए । अभिनेता दयाहाङ राईले सय दिनमा पनि दर्शकको उपस्थिति पहिलो दिनमा जस्तै भएको बताए ।

‘सय दिन पुगिसक्दा पनि तपाईहरूले फिल्म हेरिदिनु भएकोमा सबैलाई धन्यवाद,’ अभिनेत्री मिरुनाले भनिन्, ‘दर्शकको मायाले उर्जा थपिएको छ । आगामी दिनमा जारी जस्तै अन्य फिल्म पस्कने प्रयास गर्छौ ।’

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ ।

बासुरी फिल्म्स ब्यानरको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् ।

  • २०८० साउन ७, आइतबार ०७:५६