यस्तो छ प्रमोद र रिस्ताको फिल्म ‘अदृश्य’ को ट्रेलर (भिडिओ)

काठमाडौं । अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेत अभिनीत फिल्म ुअदृश्यु को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार डिएआर मुभिज युटयुब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा बलात्कार घटनाको छानबिन गरिएको देखाइएको छ ।

प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशन रहेको फिल्ममा प्रमोद, सोहित र रिस्तासँगै प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीपबाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, प्रतिक भुजेल, अभिमान सिंह बस्नेतलगायत कलाकारको अभिनय छ ।

उत्तम हुमागाईं र मोहनकुमार झिल्लुले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् ।

पिताम्बर फिल्म्सको प्रस्तुतीमा निर्माण भएको फिल्ममा आकाश उखेडाको कथा विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सिमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर छ । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

यो फिल्म साउन १९ गतेदेखि प्रदर्शन हुँदैछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१