गृहमन्त्री श्रेष्ठको गर्जन – भ्रष्टाचारी जुनसुकै पार्टीका भएपनि छोड्दिन (भिडिओसहित)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन सबैलाई समान हुने बताएका छन् ।

उनले सबैलाई समान कानुन हुने बताउँदै भ्रष्टाचारविरुद्धको अभियानबाट आफू कुनै हालतमा पछि नहट्ने अडान दोहो¥याएका छन् ।

समाजवादी यात्राको चुनौती विषयक अन्तरक्रियामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले स्वच्छ र निस्पक्षरूपमा अनुसन्धान अघि बढाइएको उल्लेख गरे ।
‘यहाँ त अचम्म छ । अलिकति नेताहरू दोषी, अपराधी देखिए, मुद्दा चलाइयो भने राजनीतिक पार्टीका नेताहरू कराउँछन् यो त भएन नि भनेर । उद्योगीव्यवसायी पक्राउ परे भने हामीले ट्याक्स तिरेका छौं, राज्य चलाउन सहयोग गरेका छौं, हामीलाई गर्ने रु भन्छन् । कर्मचारी परे भने कर्मचारीलाई कहाँ पाइन्छ भन्छन् । त्यसोभए कसलाई गर्ने कारबाही रु निमुखा, गरिब, शक्तिहीन जनतालाई मात्रै गर्ने रु धनीलाई एउटा कानून, गरिबलाई अर्को कानून म मान्दिनँ । सरकारले त्यसलाई स्वीकार गर्दैन । राजनीति गर्ने नेतालाई एउटा, कर्मचारीलाई एउटा, जनतालाई अर्को कानून हुन सक्दैन । सबैलाई कानून बराबरी हुन्छ । रुल अफ ल स्थापना गर्नैपर्छ ।’ उनले भने्

भ्रष्टाचारविरुद्धको कारबामा विभिन्न दबाबको सामना गर्नुपरिरहेको श्रेष्ठले गुनासो गरे ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१