
काठमाडौं । गायक गिप्पी ग्रेवाल र सोनम बाजवा अभिनीत फिल्म ‘क्यारी अन जट्टा ३’ सय करोड कमाउने पहिलो पन्जाबी फिल्म बनेको छ ।
भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार फिल्मले विश्वव्यापी रूपमा सय करोड कमाएको हो । यो फिल्म भारतको ५६० स्क्रिनमा प्रदर्शन भइरहेको छ । असार १४ गतेदेखि भारतसँगै अन्य ३० देशमा पनि फिल्म प्रदर्शन भइरहेको छ ।
‘क्यारी अन जट्टा ३’ पहिलो दिन सबैभन्दा धेरै कमाउने पन्जाबी फिल्म हो । फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ४ करोड ५० लाख भारू कमाएको थियो । अन्य पन्जाबी फिल्मको भन्दा यो दोब्बर कमाइ हो ।
यो फिल्मको बजेट १० करोड १२ लाख बताइएको छ ।
स्मिप कान्ग निर्देशित फिल्ममा गिप्पी र सोनमसँगै बिन्नु ढिल्लो, कविता कौशिक, शिन्दा ग्रेवाल, गुरप्रीत घुग्गीलगायत कलाकारको अभिनय छ ।
‘क्यारी अन जट्टा’ को पहिलो संस्करण सन् २०१२ प्रदर्शन भएको थियो भने दोस्रो संस्करण सन् २०१८ मा प्रदर्शन भएको थियो ।