फिल्म ‘जुलेबी’को टिजरमा लभ र रोमान्स

काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ को टिजर सार्वजनिक गरिएको छ ।

भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’ को सार्वजनिक एक मिनेट दश सेकेन्ड लामो टिजरमा लभ र रोमान्सका दृश्यहरूलाई विशेष स्थान दिइएको छ । फिल्मले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए ।

एन्थोलोजी जनरामा निर्माण भएको फिल्ममा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको फिल्मका निर्माता आभा शर्मा नेपाल हुन् ।

फिल्मको केही देशको विदेश राइट समेत बिक्री भएको निर्माताले शर्माले जानकारी दिइन् । फिल्म ‘जुलेबी’ को वितरण डिसीएन र रिच इन्टरटेन्टमेन्टले गर्नेछन् ।

फिल्मको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१