
काठमाडौं । बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ को ट्रेलर सार्वजनिक भएको छ ।
बुधबार जि-स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा भारतीय सेनामा भर्ती भएका तारा सिंहका छोरा पाकिस्तान सेनाको कब्जामा पर्छन् । उनलाई सेनाको कब्जाबाट छुटाउन तारा सिंहले गरेको संघर्षलाई फिल्ममा देखाइको छ ।
अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन् ।
नजीव खानले छायांकन गरेको फिल्मलाई सञ्जय संखलाले सम्पादन गरेका हुन् ।
यो फिल्म अगष्ट ११ देखि प्रदर्शन हुँदैछ । सन् २००१ मा प्रदर्शन भएको ‘गदर’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।