काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु नहुँदै स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले एक सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्षले नमानेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने बताएको थियो ।
बैठक अबरुद्ध नगर्नको लागि भनेर १२ बजे बसेको कार्यव्यवस्था समितिको बैठकमा एमालेको सहमति नभएपछि आजको बैठक स्थगित भएको हो । अर्को बैठक आगामी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।
यसअघि गत साउन १० गते बसेको बैठकमा एमालेले छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको थियो ।
