• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

आयुष्मान खुराना र अनन्या पाण्डे अभिनित ‘ड्रिम गर्ल २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर बलिउड फिल्म ‘ड्रिम गर्ल २’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा आयुष्मानको दोहोरो भूमिका देखिन्छ । महिला पात्र पूजाबाहेक आयुष्मान फिल्ममा पुरुष चरित्रमा पनि देखिएका छन् ।

यो कमेडी ड्रामा फिल्म आगामी भदौ ८ गते प्रदर्शन हुँदैछ । निर्देशक राज शाण्डिल्य हुन् । निर्मात्री एकता कपुरले ट्रेलर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । ट्रेलर सेयर गर्दै उनले लेखेकी छिन्, ‘ड्रिम गर्लको संसारमा आफनो सपनाकी रानीको मजा हेर्न तयार हुनुस् ।’

आयुष्मानले सामाजिक सञ्जालमा पनि ट्रेलर सेयर गर्दै लेखेका छन्, ‘म आफ्नो जिन्दगीको सबैभन्दा खतरनाक प्रस्तुति दिन गइरहेको छु । प्रेम अवश्य दिनुहोला ।’

ट्रेलर आयुष्मानको हास्य संवादबाट सुरु हुन्छ । सर्टलेस लुकमा तौलियाले बेरेर केटीको स्वरमा फोनमा कुरा गर्दै आयुष्मान भन्छन्, ‘एक सातादेखि आफ्नो सिउँदोमा सिन्दूर भरिएको छैन, बिल कसले तिर्ने ?’ त्यसपछि अनन्या पाण्डे देखिएकी छिन् । अनन्या पारम्परिक सुटमा देशी लुकमा देखिएकी छिन् ।

ट्रेलरमा पूजाको चरित्रमा आयुष्मान पनि सहरी मान्छेसँग गफगाफ गरिरहेको देखिन्छ । अन्नु कपुर पनि आयुष्मान खुरानाको छातीमा मोमको कपाल निकाल्दै गरेको देखिएका छन् ।

ट्रेलरमा परेश रावल, अनन्या पाण्डे र आयुष्मान खुरानाबीच गलफती भएको र समस्या समाधान गर्ने प्रयास भइरहेको देखिन्छ । साथै डिप्रेसनबाट बाहिर निस्कन विभिन्न उपाय अपनाइरहेको पनि देखिन्छ । ट्रेलरमा अभिषेक बनर्जी र पूजाको इन्टिमेट सीन पनि देखाइएको छ । यससँगै ट्रेलरमा आयुष्मान खुरानाको ब्राइडल लुक पनि देख्न सकिन्छ ।