• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डे पक्राउ

काठमाडौं । तामाङ समुदायबारे विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे गर्ने चलन रहेको अभिव्यक्ति दिएपछि त्यसविरुद्ध सो समुदाय आन्दोलित भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन १२ गते नै जिल्ला अदालत काठमाडौंले, अधिवक्ता पाण्डेविरुद्ध पक्राउ अनुमति दिएको थियो ।

तामाङ र मगर समुदायप्रति विवादित टिप्पणी गरेपछि उनीविरुद्ध ती समुदायका सदस्यहरुले प्रहरीमा उजुरी गरेका थिए ।