• २०८३ जेठ २२
  • 2026 June 05, Friday

जनकपुरधाम उपमहानगरपालिकाभित्रका शैक्षिक संस्थाहरु एक साताको लागि बन्द

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको शैक्षिक संस्थाहरु एक साताको लागि बन्द भएको छ ।

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरिएको हो ।

आँखा पाक्ने रोगको सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म नगरभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षण संस्थाहरु बन्द रह्ने जनाईएको छ ।