• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

दोलखाको पहिरोपीडितलाई एसएस फाउन्डेशनको सहयोग

काठमाडाैं । दोलखाको गौरीशंकर गाउँपालिका– ७ मार्बुमा गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले सहयोग गरेको छ ।

फाउन्डेशनले यज्ञ थामीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनमार्फत् फाउन्डेशनले यज्ञका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । कार्यक्रमा लिंदेनसहित फाउन्डेशनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठ , समाजसेवी सुन्दर प्रकाश खड्का कार्यक्रममा उपस्थित थिए ।

बिहीबारको पहिरोमा यज्ञसहित श्रीमती धनकुमारी र बुहारी सरिता गम्भीर घाइते भएका थिए । यस्तै, उनका साढे दुई वर्षको नातीको मृत्यु भएको थियो ।

हाल काठमाडौंको यज्ञ थमीको मनमोहन कार्डियोथिरसिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र श्रीमती तथा बुहारीको ट्रमा सेन्टरमा उपचार भइरहको छ । उपचारका लागि आर्थिक अभाव भएपछि फाउन्डेशनले सहयोग गरेको हो ।

‘दोलखामा समस्यामा परेकाहरूलाई फाउन्डेशनले यसअघि पनि सहयोग गर्दै आएको छ। हामी विपदमा परेकाहरुलाई सहयोग गर्न सधैं तत्पर हुनेछौं,’ संरक्षक उप्रेतीले भने ।