काठमाडौं । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।
डडेलधुराको पारिगाउँ स्टेशनको मापन अनुसार महाकाली नदीले बिहान सतर्कता तह पार गरेको र जलसहत बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ ।
महाकाली नदीको जलसतह अहिले ५.८३ मिटर मापन भएको छ ।
बाढी पूर्वानुमान् महाशाखाका अनुसार ५.८० मिटरको जलसतहलाई सतर्कता तह र ७ मिटरलाई खतराको तह मानिन्छ ।
सुदूरपश्चिममा डडेलधुरा, दार्चुला, डोटी र आसपासका क्षेत्रहरूमा हल्का वर्षा भइरहेको छ । दिउँसो मध्यम वर्षा हुने पूर्वानुमान् छ ।
प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना भएकाले महाकाली नदीको जलसतह अझै बढ्ने पूर्वानुमान् रहेकाले तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।