• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

एनआरएनए यूएईद्वारा राहत तथा उद्धार समिति गठन, संयोजकमा ठकुरी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले राहत तथा उद्धार समिति गठन गरेको छ । उपाध्यक्ष भीम मल्ल ठकुरीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा अरुण अधिकारी, मानबहादुर सुनार, प्रकाश थापा, गीता विष्ट, विनोद रत्न तुलाधर, कुमार श्रेष्ठ र नवराज श्रेष्ठ रहेका छन् ।

एनआरएनए यूएई नेपाल एसोसिएसनको नाममा दुबई र नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट मान्यता प्राप्त संस्था हो । आम नेपाली श्रमिकहरुको स्वयंसेवी सेवा र सहयोगका लागि समिति गठन गरिएको अध्यक्ष विकास शाहीले जानकारी दिए ।

समितिले स्थानीय प्रहरी, स्थानीय सम्वन्धित निकायहरु, नेपाल सरकार, नेपाली राजदूतावास तथा अन्य सरोकारवालाहरुसँग समन्वय गरी रोजगारीको सिलसिलामा युएई आएर समस्यामा परेका वास्तविक पिडीत नेपालीको राहत सहयोग र उद्दारका लागि काम गर्ने शाहीको भनाइ छ ।

आपतमा परेका वास्तविक पीडीतहरुले संयोजक तथा सदस्यहरुलाई सिधा सम्पर्क गर्न सक्नेछन् ।