बागलुङ । नेपाली कांग्रेस, गण्डकी प्रदेश प्रतिनिधि श्रीकृष्ण पौडेल नेपाल विद्यार्थी संघको केन्द्रिय तदर्थ समितिको सदस्यमा मनोनित भएका छन् । पौडेलले दुई दशक नेपाल विद्यार्थी संघलाई योगदान दिइसकेका छन् । उनी २०६२ सालदेखि अहिलेसम्म कार्यकारी पदमा रहि विद्यार्थीको हकहितमा काम गरेका छन् ।
उनी लामो समयदेखि राजनितिमा सक्रिय छन् । पौडेल २०६२ सालमै नेपाल विद्याथीं संघ (नेवि संघ) संस्कृति माध्यमिक विद्यालय, जैमिनि, बागलुङको सभापति भएका थिए । त्यसयता उनी २०६४ देखि २०६७ सालसम्म नेपाल विद्यार्थी संघ, जैदिको सभापतिमा रहेर काम गरे । ७ वर्ष नेपाल विद्यार्थी संघ, धवलागिरि बहुमुखी क्याम्पस इकाई समिति सचिवमा रहे ।
लामो समय टोल, विद्यालय वा क्याम्पसको सचिव र सभापति भएका पौडेल २०७४ को नेवि संघ जिल्ला अधिवेशनमा सचिवमा चुनिँए । त्यसएता अहिलेसम्म उनी सचिवमा पूर्णकालिन रुपमा काम गरिरहेका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशको १४ औं महाधिवेशनबाट उनले प्रदेश प्रतिनिधिको जिम्मेवारी पाए । उनी नेतृत्वको राम्रो कार्यलाई साथ दिने तथा कमजोरीमा खबरदारी गर्ने छविमा चिनिँदै आएका छन् ।