• २०८३ असार १४
  • 2026 June 28, Sunday

सत्तामा हुँदा सबैले घोटाला गरेका छन्ः पूर्व प्रधामन्त्री बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको दाबी गरेका छन् ।

शनिबार कर्णाली राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताए ।

‘यो प्रकरणमा मेरो नाम जोडिएको हुँदा छानबिन गरोस् म तयार नै छु,’ उनले भने, मेरो पालाबाट नै ललिता निवासको विषयमा सानो निर्णय भएको हो । ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो । त्यो मेरो नियतबस नभई मन्त्रिपरिषद्को निर्णय हो ।सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेका छन् ।’

देशको जटिल भूराजनीतिक, हिमाल पहाड तराई मधेसका जातीय समुदायबीचको पहिचान र अधिकारसहित संघीय प्रदशेहरुको व्यवस्थापन, लोकतन्त्रका अपूर्णतामा शासकीय स्वरुपमा कमजोरी भएको स्वीकार्दै चरम भ्रष्टाचारको बिगबिगी र गरिबी बेरोजगारी जस्ता मुख्य समस्याहरू समाधान गर्न नेपाली कांग्रेस, एमाले र माओवादी लगायतका दलहरू खासै क्रियाशील नभएको भट्टराईले आरोप लगाए ।