• २०८३ असार १५
  • 2026 June 29, Monday

अन्तरंग तस्बिर सार्वजनिक भएपछि भाजपा महिला नेताले गरिन् आत्महत्या, पुरुष नेता बर्खास्त

काठमाडाैं । भारतकाे आसाममा भारतीय जनता पार्टी (भाजपा) की एक महिला नेतृले आत्महत्या गरेको प्रकरणमा नाम जोडिएपछि भाजपाकै एक पुरुष नेतालाई बर्खास्त गरिएको छ।

भाजपा किसान मोर्चाकी ती महिला नेताले शुक्रबार गुवाहाटीस्थित आफ्नै घरमा आत्महत्या गरेकी हुन्। प्रारम्भिक रिपोर्ट अनुसार उनले निद्रा लगाउने धेरैवटा चक्की खाएर आत्महत्या गरेकी हुन्।

भाजपा स्रोतका अनुसार आफ्नो अन्तरंग फोटो सार्वजनिक भएपछि ती महिला नेताले आत्महत्या गरेकी हुन्।

प्रहरी अनुसन्धानका क्रममा उनीसँग तिनै भाजपा नेताको तस्बिर भेटिएको थियो। यही आधारमा पार्टीले उनलाई बर्खास्त गरेको बीबीसी हिन्दीले जनाएको छ। तर समाचारमा दुवैको नाम गोप्य राखिएको छ।

महिला नेताले आत्महत्या गर्नासाथ भाजपाका आसाम अध्यक्ष भावेश कलिताले ती पुरुष नेतालाई तत्काल बर्खास्त गर्न आदेश दिएका थिए।