काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिल शर्माले भोलि संसदमा बोल्न नदिए आफूले विद्रोह गर्ने बताएका छन् । पार्टीको संसदीय दल बैठकमा वर्तमान सरकारलाई बिदा गरेर शेरबहादुरलाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिए ।
उनले केपी ओलीमात्र नभई आफ्ना पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेटेर ढोग्ने बताएका छन् । आफू हिरासतमा रहँदा समर्थन गरेको भन्दै आइतबार ओलीलाई निवासमा पुगी भेटेका थिए ।
उनले भने् ‘म उहाँलाई घरमा गएर खुट्टा ढोगेर भेट्छु भनेर भनिरहेको छु । शेरबहादुर देउवालाई जिन्दावाद भन्न पैसा तिर्नुपर्छ र ? हाम्रा सबै नेता जिन्दावाद नै हो । व्यक्तिमा नजाउँ ।’
उनले भोलिको संसद बैठकमा आफूले निर्धक्क कुरा राख्ने शर्माले बताए । गुहमन्त्रीले राजीनामा दिनुपर्ने मुख्य विषय हुने बताए ।
हेर्नुहोस् भिडिओ