काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन्।
युरोप भ्रमण छोट्याएर फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले आफूले कुनै बदमासी नगरेको र भाग्ने खालको मान्छे नभएको बताएका हुन्।
नेपालले राजाले पक्राउ गर्दा पनि आफू नभागेको भन्दै गल्ति नै नगरि भाग्नुपर्ने कारण नभएको बताए। उनले माधव नेपाल भाग्यो भनेर विभिन्न सञ्चार माध्यममा समाचारहरु आएपछि भ्रमण छोट्याएर भए पनि फर्किएको बताए।
नेपालले युरोप भ्रमणमा आफू पूर्वनिर्धारित कार्यक्रम अनुसार गएको भन्दै आफू जानुभन्दा एकदिन अघि ललिता निवास प्रकरणमा छानबिन अगाडि बढाउनु भनेर अदालतले भनेको बताए। उनले आफू प्रधानमन्त्री भएको बेलामा ललिता निवास जग्गा प्रकरणको विषय जोडिएको स्विकार गरे।