• २०८३ साउन १२
  • 2026 July 28, Tuesday

महिला विश्वकप फुटबलको विजेता बन्यो स्पेन

काठमाडौं। इङ्ल्यान्डलाई १-० गोलले पराजित गर्दै स्पेन महिला विश्वकपको नयाँ विजेता बनेको छ। अष्ट्रेलियामा आइतबार भएको फाइनलमा स्पेनकी कप्तान ओल्गा कार्मोना गार्सियाले निर्णायक गोल गरिन्।

२९ औँ मिनेटमा कप्तानसमेत रहेकी गार्सियाले गरेको गोलमा स्पेन विश्व विजेता बनेको हो। दोस्रो हाफमा स्पेनले पेनाल्टीको मौका पाएपनि अग्रता दोब्बरको मौका सदुपयोग गर्न सकेन।

७० औँ मिनेटमा जेनिफर हार्मोसोले प्राप्त पेनाल्टी सदुपयोग गर्न सकिनन्। महिला विश्वकप हालसम्म अमेरिकाले ४, जर्मनीले २ तथा जापान र नर्वेले एक एकपटक जितेका छन्।