• २०८३ जेठ २२
  • 2026 June 05, Friday

ओलीले भेटे नेपाली क्रिकेटरलाई, एसिया कप क्रिकेट खेलको लागि दिए शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई भेटेका छन् । सोमबार बेलुका उनले एसिया कप खेल्न जान लागेको टिमका सदस्य, प्रशिक्षकसँग भेटघाट गरेका हुन् ।

ओली निवास बालकोटमा निम्ता दिएका अध्यक्ष ओलीले आफू क्रिकेटको फ्यान भएको हुनाले भेटघाट, चिया नास्ता र कुराकानी भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘ म आफैं पनि क्रिकेटको फ्यान भएकोले हिजो क्रिकेट खेलाडी र प्रशिक्षकहरुसँग भेटघाट, चिया नास्ता र कुराकानी गरियो ।’

बुधबार नेपाल एसिया कप क्रिकेटमा सहभागि हुन पाकिस्तान जाँदै छ । नेपालको लागि यो पहिलो एसिया कप खेल्ने अवसर हो । ओलीले नेपाली टिमलाई शुभकामना दिएका छन् ।