• २०८३ असार १४
  • 2026 June 28, Sunday

३ बजेको लागि सर्यो राष्ट्रिय सभाको बैठक

काठमाडौं । राष्ट्रिय सभाको बैठकको समय परिवर्तन भएको छ ।

मंगलबार विहान संघीय संसद राष्ट्रिय सभाले सूचना जारी गर्दै संघीय संसद अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको थियो । तर संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश समय परिवर्तन भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बैठक आजै अपराह्न ३ः१४ बजे बस्ने गरी निर्धारण गरिएको छ ।